आईपिएल : दिल्ली क्यापिटल्सको लगातार दोश्रो जित, चेन्नई सुपर किङ्स फेरी पनि पराजित

एजेन्सी

शनिबार, १० असोज २०७७, ०८ : ३६
आईपिएल : दिल्ली क्यापिटल्सको लगातार दोश्रो जित,  चेन्नई सुपर किङ्स फेरी पनि पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लगातार दोश्रो जित निकालेको छ । शुक्रबार राती यूएईमा भएको खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले हरायो। पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नईले लगातार दोस्रो खेलमा पनि पराजय भोग्य बाध्य बन्यो ।

दिल्लीविरुद्ध टस जितेर पहिला बलिङ गरेको चेन्नईले १ सय ७६ रनको लक्ष्य पाएको थियो। दिल्लीका युवा खेलाडीले शानदार प्रदर्शन गरे। ओपनर पृथ्वी सले ६४ रन बनाए।  रिसब पन्तले अविजित ३७ रन जोडे भने शिखर धवनले ३५ रन बनाए। यस्तै कप्तान श्रेयस अय्यरले २६ रन जोडे ।

चेन्नईका अनुभवी स्पीनरद्धय रविन्द्र जडेजा र पियुस चावला लगातार दोस्रो खेलमा निकै महँगो सावित भए। जडेजाले ४४ र चावलाले ३३ रन खर्चिए। चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३१ रन मात्र जोड्न सक्यो। चेन्नईका फाप डु प्लेसिसले ४३ रन बनाए। केदार जादब २६, मुरली विजय १०, सेन वाट्सन १४ र कप्तान धोनी १५ रन बनाएर आउट भए।

४४ रनमा ३ विकेट गुमाएको अवस्थामा चेन्नईका केदार र डु प्लेसिसले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए। तर आवश्यक रनरेट बढ्दै जाँदा ब्याट्सम्यानहरुमाथी तिव्र दबाब परेको थियो। सुरुका ६ ओभरमा ३४ रन जोडेको चेन्नईले त्यसपछिका तीन ओभरमा केवल १० रन थपेको थियो। चेन्नईले १६ औँ ओभरमा मात्र सय रन पुरा गरेको थियो।
 

प्रतिक्रिया दिनुहोस