कृषि विश्वविद्यालयमा पुण्यप्रसाद रेग्मीलाई नियुक्त गर्ने तयारी

सफल खबर संवाददाता

शुक्रबार, ०९ असोज २०७७, १५ : ०७
कृषि विश्वविद्यालयमा पुण्यप्रसाद रेग्मीलाई नियुक्त गर्ने तयारी

चितवन । सरकारले चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा पुण्यप्रसाद रेग्मीलाई नियुक्त गर्ने अन्तिम तयारी थालेको छ । 

गत वर्ष भदौदेखि नै कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति खाली छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच शुक्रबार बालुवाटारमा भएको छलफलमा रेग्मीलाई उपकुलपति बनाउनेबारे सहमति भएको छ, तर अन्तिम टुङ्गो लगाउन बाँकी छ । 

विश्वविद्यालय पदाधिकारीविहीन हुँदा दैनिक प्रशासनिक कामदेखि शैक्षिक क्षेत्रका कामसमेत प्रभावित बनेका छन्।

केही समयअगाडि विश्वविद्यालयमा रिक्त रहेका पदाधिकारी नियुक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए। विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा हुने गरेको छ। 

प्रतिक्रिया दिनुहोस