ई–पासपोर्ट छाप्न पुनः टेन्डर

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ असोज २०७७, ०८ : १४
ई–पासपोर्ट छाप्न पुनः टेन्डर

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी ९ई–पासपोर्ट० छपाइको लागि बिहीबार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । योसँगै ई–पासपोर्ट छपाइका निम्ति एक वर्षभित्रै तेस्रोपटक बोलपत्र आह्वान भएको छ ।

यसअघि बोलपत्रमा प्रस्ताव गरिएअनुसार कागजात नपुगेको र सार्वजनिक खरिद ऐनअनुसारको प्रक्रिया पूरा नभएको भन्दै दुई पटकसम्म बोलपत्र रद्द गरिएको थियो । तेस्रो चरणको यो बोलपत्र आह्वानमा २० लाख प्रति ई–पासपोर्ट छाप्ने सर्तसहित प्रस्ताव बुझाउने अन्तिम मिति अक्टोबर १४ ९असोज २८० लाई तोकिएको छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस