काठमाडौँ । अमेरिकाको फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) बाट प्राप्त शंकास्पद आर्थिक कारोबारका गोप्य कागजातले एशिया तथा युरोपका विभिन्न मुलुक र अमेरिकामा शंकास्पद धनको ओसारपसार तथा सम्पत्ति शुद्धीकरण गर्ने प्रयास भइरहेको देखाउँछ ।
अपराधीकरणलाई बढावा दिने गरी भइरहेका यी गतिविधिको असर भने सामान्य नागरिकहरूमा परेको छ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट ९आईसीआईजे०’ र अमेरिकी संचार संस्था बजफिड न्यूजसहित संसारभरका ४०० बढी पत्रकारको समूहले १६ महीना लगाएर गरेको अनुसन्धानले कालोधनको ओसारपसार र सम्पत्ति शुद्धीकरणका प्रयास सम्बन्धी खोज सार्वजनिक भएको हो । फिनसेनबाट प्राप्त गरेको गोप्य कागजातहरू अनुसार, अमेरिका, रूस, चीनलगायतका विश्वका शक्तिशाली राष्ट्रसहित नेपाल जस्ता विपन्न मुलुकहरूमा भइरहेका आर्थिक अपराधका घटना उजागर गरेको छ ।
विवरणहरूले, नेपाल र भारतबाट चोरिएका बौद्ध र हिन्दू धर्मसँग सम्बन्धित प्राचीन कलाकृतिहरू ९मूर्ति, पेन्टिङलगायत० अमेरिकाको न्यूयोर्क लगेर बेचेको देखिन्छ । मध्यपूर्वी मुलुकमा भने सुन प्रशोधन कम्पनीहरूले गरेका शंकास्पद आर्थिक कारोबार उजागर भएका छन् । ‘फिनसेन फाइल्स’ नाम दिएको उक्त गोप्य विवरणमा सन् १९९९ देखि २०१७ सम्म अमेरिकाका बैंक र वित्तीय संस्थामार्फत भएका शंकास्पद आर्थिक गतिविधि समेटिएका छन् ।
अमेरिकाका वित्तीय संस्थाहरूले फिनसेनलाई बुझाएका विवरणमा ठगी र कर छलीको आरोप लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चुनावी अभियानका प्रमुख सहयोगी पल म्यानाफर्ट पनि मुछिएका छन् । अमेरिकाको जेपी मोर्गन चेज बैंकले आफ्नो बैंकमार्फत म्यानाफर्ट र उनका सहयोगीका ‘शेल कम्पनी’ ९शंकास्पद धनको ओसारपसारमा प्रयोग हुने निष्क्रिय कागजी कम्पनी० को बीच शंकास्पद कारोबार भएको उल्लेख गरेको छ । रूस र युक्रेनका उच्चपदस्थ राजनीतिकर्मीसँग सम्बन्ध रहेका म्यानाफर्ट र उनका सहयोगीका शेल कम्पनीको बीचमा सन् २०१७ सम्म शंकास्पद तरिकाले रकम आदानप्रदान हुँदै आएको चेज बैंकले फिनसेनलाई बताएको थियो ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको ‘निजी बैंक’ ९पिग्गी बैंक० भनेर चिनिने भीटीबी बैंकका कारोबारदेखि भेनेजुएलाका ठूला व्यापारी यो शंकास्पद लेनदेनमा मुछिएका छन् । विवरण अनुसार, विश्वमा नाम चलेका र धनीमध्येका बैंकहरू सम्पत्ति शुद्धीकरणको मामिलामा मुछिएका छन् । चेज, एचएसबीसी, बारक्लेज र डोइच बैंक लगायतले फिनसेनलाई बुझाएका दस्तावेजले प्रष्ट पार्छ– संसारका कुनाकुनासम्म अवैध धनको ओसारपसार भइरहेको छ ।
ती बैंकहरूमार्फत विश्वका विभिन्न देशहरूबाट सार्वजनिक जानकारीमा नभएका ‘कागजी’ र सीमापार खोलिएका ‘अफसोर कम्पनी’ का खातामा रकम पठाइएको छ । विभिन्न मुलुकका ‘ओलीगार्क’ (राजनीतिक प्रभाव र पहुँच भएका धनी व्यापारी) र तानाशाह ९डेस्पट० हरूले अवैध कारोबार गर्दा पनि बैंकहरूले दबाब महसूस गरी त्यस्ता कारोबार रोक्न असफल भएको दस्तावेजहरूले देखाउँछन् ।
फिनसेनको ‘सस्पिसियस एक्टिभिटी रिपोर्टस््’ ९शंकास्पद गतिविधिहरूको प्रतिवेदन– सार० ले बैंकहरू अवैध धनको कारोबार रोक्न असफल भएको मात्र होइन, ती कारोबारले कसरी अपराधीकरणलाई बढावा दिइरहेको छ भन्ने पनि देखाएको छ । यी अवैध कारोबारको असर भने सामान्य नागरिकहरूमा परेको छ । “सामान्य मानिसलाई सम्पत्ति शुद्धीकरण र अफसोर कम्पनीबारे जानकारी नहुन सक्छ” कार्नेगी इन्डावमेन्ट फर इन्टरनेशनल पिसकी विज्ञ जोडी भिट्टोरीले भनिन्, “तर हरेक दिन उनीहरूले यसको मूल्य चुकाइरहेका हुन्छन् ।”
अमेरिकामा लागूऔषधको ओसारपसार र सम्पत्ति शुद्धीकरण
फिनसेनबाट प्राप्त आर्थिक कारोबार सम्बन्धी गोप्य कागजातले चीनदेखि अमेरिकामा लागूऔषध ९ओपीओइड० को कारोबार भइरहेको देखाउँछ । त्यस्तो कारोबारमा सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यक्तिहरू संलग्न छन् । सन् २०१७ मा एन्थनी गोम्स नाम गरेका व्यक्तिले चीनदेखि अमेरिकासम्म लागूऔषधको तस्करी र सम्पत्ति शुद्धीकरण गर्ने गरेको स्वीकारेका थिए । गोम्सले लुकीछिपी अमेरिकासम्म पुर्याउने ‘फेन्टनिल’ नामक लागूऔषधको प्रयोगबाट थुप्रै अमेरिकीहरूको मृत्यु समेत भएको थियो । ‘चाइना हृवाइट’ को नामले पनि चिनिने ‘फेन्टनिल’ संसारमा उपलब्ध एक घातक लागूऔषध हो ।
यति मात्र होइन, तस्करहरूले ‘मोर्फिन’ भन्दा पनि दशौं हजार गुणा बढी घातक लागूऔषधहरू चीनको वुहानस्थित रसायन प्रयोगशाला ९केमिस्ट ल्याब०बाट अमेरिकाका बस्ती–बस्तीसम्म पुर्याउने गरेका छन् । वुहानबाट ‘फेन्टनिल’को कारोबार गर्ने जिआओबिङ यान सहितका व्यक्तिलाई प्रतिबन्धित लागूऔषध कारोबार गरेको भन्दै अमेरिकाले खोजी गरिरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०५ असोज २०७७, ०७ : ३६
लेखकबाट थप