काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् ।
आगामी फागुनका लागि तय भएको कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मितिमा नहुने तर ६ महिना थप हुँदा तयारी अपुग हुने भन्दै शीर्ष नेताहरू अहिलेबाटै तल्ला तहदेखिका नेता कार्यकर्ता फकाउन र शक्ति देखाउन अघि सरिरहेका छन् ।
सभापति शेरबहादुर देउवा पार्टीका विभागमा आफु अनुकूलका नेता कार्यकर्ता तलैदेखि भरेर महाधिवेशनको माहोल बनाउँदै छन् । उनले आफूले गठन गरेका विभागहरूमा हाल आएर सदस्यहरूसमेत धमाधम मनोनीत गरिरहेका छन् ।
सभापति देउवाले आफू पक्षीयबाहेकका तल्ला तहमा प्रभाव राख्ने नेता कार्यकर्तालाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर फकाउन अनेक प्रयत्न गर्दै आइरहेका छन् । यस्तै उनले आफूइतर पक्षका नेताहरूलाई समेत आफू अनुकूलको भर्चुअल अन्तक्र्रियामा सहभागी गराउँदै महोल देखाइरहेका छन् ।
यसैगरी, सोही समूहबाट सभापतिका लागि तयारी अघि बढाएका हालका उपसभापति विमलेन्द्र निधिले समेत भेटघाट र सम्पर्क बढाएका छन् । उनले आफू संयोजक रहेको पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत भइरहेका अन्तक्र्रियामार्फत आफूलाई सक्रिय देखाइरहेका छन् । उनी संयोजक रहेको प्रतिष्ठानले आइतबार हुने भर्चुअल कार्यक्रममा पूर्वराष्टपति डा. रामवरण यादवलाई समेत सहभागी गराउँदै छ ।
यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू पनि आफू पक्षीय तथा बाहेकका नेता कार्यकर्तालाई भर्चुअल कार्यक्रममार्फत जोडेर महाधिवेशनको माहोल बनाउन लागिपरेका छन् । सो समूहले सभापतिमा उठ्ने इच्छा देखाएदेखि उपसभापति निधिलाई समेत आफू अनुकूलको भर्चुअल कार्यक्रममा बोलाउन थालेको छ । सो समूहबाट महामन्त्री डा। शशांक कोइराले समेत आगामी महाधिवेशनमा सभापतिका लगि तयार रहेको सन्देश दिँदै आएका छन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०४ असोज २०७७, ०७ : ५४
लेखकबाट थप