कोरोना भाइरस

नेपालमा थपिए एक हजार दुई सय चार जना संक्रमित, मृत्यु हुनेको संख्या चार सय नाघ्यो

थप ११ जनाको मृत्यु, निको भए थप एक हजार चार सय ४७ जना

सफल खबर संवाददाता

शनिबार, ०३ असोज २०७७, १६ : ३३
नेपालमा थपिए एक हजार दुई सय चार जना संक्रमित, मृत्यु हुनेको संख्या चार सय नाघ्यो

काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा एक हजार दुई सय चार जना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेहरु एक हजार चार सय ४७ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा हालसम्म कुल संक्रमित संख्या ६२ हजार सात सय ९७ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरु ४५ हजार दुई सय ६७ छन् । हालसम्म कोरोनाबाट नेपालमा चार सय एक जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस