डा.सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम), ५९४ जना विभिन्न मानपदवीबाट विभूषित

सफल खबर संवाददाता

शनिबार, ०३ असोज २०७७, १० : ५२
डा.सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम), ५९४ जना विभिन्न मानपदवीबाट विभूषित

काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतलाई यस वर्ष सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट विभूषित हुने भएका छन् । संविधान दिवसका अवसरमा ५९४ जनालाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरिएकोमा डा.रूइतलाई मात्र सुप्रसिद्ध प्रबल जनसेवा श्री (.प्रथम) बाट विभूषित गर्ने घोषणा गरिएको हो ।

यस्तै, प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्की, अख्तियारका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पाउने भएका छन् । 

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ । यसपटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन । संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस