काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, युट्युबलगायतका माध्यमबाट आर्जन हुने विदेशी मुद्रा बैङ्किङ प्रणालीबाट ल्याउन अनलाइन वित्तीय सेवामार्फत पनि रकमान्तर गर्न सकिने नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कले सामाजिक सञ्जाल, ई–कमर्स लगायतका कारोबारबापत बैङ्क खातामा आउने रकम अनलाइन वित्तीय सेवामार्फत रकमान्तर गर्न सकिने जनाएको हो ।
भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बाहिरबाट केही काम गरेर यसरी बैङ्क खातामा ल्याइने रकम वालेटमार्फत पनि भुक्तानी गर्न सकिन्छ भन्ने कुरा बुझाउन सर्कुलर जारी गरिएको बताए ।
स्वदेशी बैङ्कको खातामा विदेशी मुद्रा प्राप्त भएपछि भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको ग्राहकको वालेटलगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिने उनले बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०३ असोज २०७७, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजको लागि विदेशी मुद्राको विनिमय दर