काठमाडौं । कोरोना भाइरस संक्रमण फैलावटको दायरा तीव्र बनिरहेको छ । जेठ, असार र साउनमा थपिएका कुल संक्रमितभन्दा भदौमा मात्रै संक्रमितको संख्या बढी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ, असार र साउनमा थप २५ हजार ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो । तर, भदौमा मात्रै थप ३१ हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ ।
जेठमा ५ हजार ४ सय ७७, असारमा १० हजार ९ सय ६६ र भदौमा ३१ हजार ८१ संक्रमित थपिएका थिए । यो तथ्यांकले संक्रमणको दर अत्यधिक रूपमा बढ्दै गइरहेको संकेत गर्छ । राजधानी दैनिकमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०३ असोज २०७७, ०७ : ०६
लेखकबाट थप