भरतपुर महानगरमा संक्रमितको संख्या एक हजार नाघ्यो

सफल खबर संवाददाता

शुक्रबार, ०२ असोज २०७७, १४ : १५
भरतपुर महानगरमा संक्रमितको संख्या एक हजार नाघ्यो

चितवन । भरतपुर महानगरपालिकामा कोरोना संक्रमितको संख्या एक हजार कटेको छ । प्रवक्ता अरुणपीडित भण्डारीका अनुसार भरतपुर महानगरपालिकामा रहेका २९ वडामा एक हजार १३ जना कोरोना संक्रमित भएका छन् । 

भरतपर महानगरमा हालसम्म तीन हजार ७४३ जनाको स्वाब परीक्षण भएको छ । जसमा संक्रमित संख्या एक हजार १३ पुगेको छ । महिला ४५४ पुरुष ५५९ छन् । 

हालसम्म भरतपुर महानगरमा २६६ जना कोरोना मुक्त भएका छन् । यहाँ सक्रिय संक्रमितको संख्या  ७३७ पुगेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३४४ छ, जसमा महिला १४४, पुरुष २०० छन् । महानगरमा वडा क्वारेन्टिन संख्या  ४८ छ, जहाँ बेडसख्या ६५४ रहेको छ । 

हाल संचालनमा रहेका वडा क्वारेन्टिन संख्या ३ छ । हाल वडा क्वारेन्टिनमा रहेका २१ जना छन् । भरतपुर महानगरले सञ्चालन गरेको बागेश्वरी आइसोलेसनमा ६२ जना छन् । भरतपुर महानगरमा हालसम्म १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस