सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, १७ जना अझैं बेपत्ता

रासस

आइतबार, २८ भदौ २०७७, ०८ : १६
सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, १७ जना अझैं बेपत्ता

सिन्धुपाल्चोक । लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ ।

नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए । “ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु”, शेर्पाले भने ।

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिएका छन् । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।

पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक जाने भएका छन् । सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गर्नुभएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस