अभनिस र नेहाको गीत ‘टिक टकमा हेरेर फलो गरन’ सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, २६ भदौ २०७७, १३ : १७
अभनिस र नेहाको गीत ‘टिक टकमा हेरेर फलो गरन’ सार्वजनिक

काठमाडौं । गायक गायिका अभनिस भट्टराई र नेहा शर्माको स्वर रहेको गीत ‘टिक टकमा हेरेर फलो गरन’ सार्वजनिक भएको छ । गीतमा सोहन मानन्धरको शब्द तथा संगीत रहेको छ ।

सेलिब्रेटी नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोमा सामाजिक संजाल टिकटकमा सक्रिय अनुहार श्रृजन भट्टराई(काकु, पुरुषोत्तम सिग्देल, अश्मिता दाहाल, सुमन भट्टराई, रोजी आचार्य, सविन श्रेष्ठ (ड्यामेज, सुष्मा सुबेदी लगायतको अभिनय समेटिएको छ ।

सन्तोषराज वाहकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र विकाश ज्ञवालीको सम्पादन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस