कोभिड विरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा आउँछ : विश्व स्वास्थ्य संगठन

एजेन्सी

आइतबार, २१ भदौ २०७७, ०८ : ३६
कोभिड विरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा आउँछ : विश्व स्वास्थ्य संगठन

जेनेभा । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार सम्मेलनका क्रममा जानकारी दिएको बताइएको छ । उनले सो पत्रकार सम्मेलनका क्रममा भनेका थिए, ‘मलाई लाग्छ यो खोप बजारमा आइसक्नका लागि अर्को वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुनसक्छ ।’

त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशमा पनि पुग्न सक्ने देखिएको भन्दै उनले त्यसपछि विभिन्न देशमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताए । उनले सो खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेको ट्रायल यसै वर्षको अन्त्यसम्ममा मात्र पूरा हुने बताए । त्यस ट्रायलको परिणाम यसै वर्षको अन्त्यसम्म वा आगामी वर्षको सुरुसम्ममा आइसक्ने र त्यसपछि खोपको उत्पादन प्रक्रिया सुरु हुने बताईएको छ । 

प्रतिक्रिया दिनुहोस