अमेरिकी राष्ट्रपतिद्धारा भारतीय प्रधानमन्त्रीको प्रशंसा

एजेन्सी

शनिबार, २० भदौ २०७७, १८ : ४६
अमेरिकी राष्ट्रपतिद्धारा भारतीय प्रधानमन्त्रीको प्रशंसा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उनले राम्रो काम गरिरहेको उल्लेख ट्रम्पले गरेका छन् ।

स्थानीय समयानुसार शुक्रबार उनले भनेका छन्, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी हुनुुहन्छ, उहाँले धेरै राम्रो काम गरिरहनु भएको छ । उहाँ धेरै राम्रो नेता हुनुहुन्छ ।” ट्रम्पले अहिले काम गर्न धेरै गाह्रो भएको बताउँदै यस्तो बेलामा पनि मोदीले जे गरिरहनु भएको छ, त्यो धेरै राम्रो भएको दाबी गरे ।

पत्रकार सम्मेलनमा बोल्ने क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो दुई दिने भारत भ्रमणको प्रशंग समेत जोड्दै मोदीको थप प्रशंसा गरे । (रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस