व्यारेकभित्र रहेका सेनाका जवानमा कोरोना

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, १३ : ५६
व्यारेकभित्र रहेका सेनाका जवानमा कोरोना

महेन्द्रनगर । नेपाली सेनाको ब्यारेकभित्र बसेका एक जवानमा कोरोना भाइरस पुष्टि भएको छ । सेनाको भगतपुरस्थित ब्यारेकका ३४ वर्षका सैनिकमा कोरोना देखिएका हो ।

संक्रमित सैनिकलाई महाकाली अस्पतालमा भर्ना गरिएको छ । सेनाको लेस नायक पदका ती सैनिक तालिम सकेर ब्यारेकमा आएका हुन् । दुई दिन संक्रमण देखिएपछि आइसोलेसनमा उपचार सुरु गरिएको छ ।

सैनिक स्रोतका अनुसार ती जवानमा ज्वरो आएपछि उनलाई क्वारेन्टिनमा राखिएको थियो । स्बाब संकलन गरी पिसिआर जाँच गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस