काठमाडौं । काठमाडौंमा कार्यरत २ फोटो पत्रकारमा कोरोना पुष्टि भएको छ । राष्ट्रिय फोटो पत्रकार समूहका महासचिव प्रदीप राज वन्तले पीसीआर गराएका मध्य २ जनाको रिपोर्ट पोजेटिभ आएको बताए ।
राष्ट्रिय फोटोपत्रकार समूह नेपाल र फोटोपत्रकार क्लवको संयुक्त पहलमा काठमाडौंमा रहेका विभिन्न संञ्चार गृहमा कार्यरत १२५ जना फोटोपत्रकारहरुको पिसिआर टेष्टको लागि स्वाब संकलन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस