जबरजस्ती करणीको आरोपमा भूतपूर्व भारतीय सैनिक पक्राउ

रासस

सोमबार, १५ भदौ २०७७, ११ : ११
जबरजस्ती करणीको आरोपमा भूतपूर्व भारतीय सैनिक पक्राउ

काठमाडौँ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भूतपूर्व भारतीय सैनिक पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय रेश बहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

स्याङ्जा बिरुवा गाउँपालिका–७ घर भई हाल कास्की पोखरा महानगरपालिका मिलनचोक गुरुङलाई सोमबार पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए । 

लुकिछिपी बसेका गुरुङले विगत ४,५ महिनादेखि बालिकालाई ललाईफकाई यौन शोषण गरेको अनुसन्धानबाट खुलेको एसपी श्रेष्ठले बताए । 

गुरुङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस