दैलेख । ठाटीकाँध गाउँपालिकामा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार राति सुत्केरी भएकी ठाटीकाँध–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको रक्तश्राव नरोकिएपछि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
शाहीले समयमै उपचार नपाउँदा मृत्यु भएको उनका जेठाजु टेकबहादुर शाहीले बताए । दरबन्दीका चिकित्सक स्वास्थ्य केन्द्रमा नभएकाले र सदरमुकामबाट सात घण्टाभन्दा बढी समय लाग्ने विकट ठाउँ भएकाले पनि उपचार अभावमा सुत्केरीको मृत्यु भएको स्थानीयवासीले बताएका छन् । शाहीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएपछि स्थानीयवासीले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन् ।
स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज लक्ष्मी रावतले व्यवस्थापन गर्दागर्दै आवश्यक सामग्री र चिकित्सक नहुँदा उपचारमा कठिनाइ भएकाले सुत्केरी बचाउन नसक्ने भइसकेपछि सिफारिस गरिएको बताए । बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १३ भदौ २०७७, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु
खोलामा डुबेर दुई बालकको मृत्यु
ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
पाकिस्तानमा बाढीका कारण ११ जनाको मृत्यु