आइएमई जनरल इन्स्योेरेन्सले अभिकर्ताहरुलाई दियो भर्चुअल प्रशिक्षण

सफल खबर संवाददाता

शुक्रबार, १२ भदौ २०७७, १८ : २५
आइएमई जनरल इन्स्योेरेन्सले अभिकर्ताहरुलाई दियो भर्चुअल प्रशिक्षण

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडले विश्वव्यापि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभड-१९) को असर र काठमाडौं उपत्यकालगायत देशको मुख्यमुख्य शहरहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको यस विषम परिस्थितिमा पनि आफ्ना अभिकर्ताहरुलाई भर्चुअल प्रशिक्षणको आयोजना गरेको छ ।

कम्पनीले मिति २०७७ साल भाद्र १० गतेदेखि १२ गतेसम्म निर्जिवन बीमाको विविध क्षेत्रलाई समेटेर अभिकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेको छ । कम्पनीका विभागीय प्रमुखहरु देखि उच्च पदस्थ पदाधिकारीहरुले समेत प्रशिक्षण प्रदान गराएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा ५५ जनाभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

यस प्रशिक्षण पश्चात अभिकर्ताहरुले बजारबाट बीमाको बजारीकरण गरेर आफनो आम्दानीको श्रोत बढाउन सक्ने र आफूलाई फ्रिल्यान्सर रोजगारीको रुपमा स्थापित गरी आय आर्जन गर्न सक्ने पनि कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस