एजेन्सी । जापानी प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्य समस्याका कारण पदबाट राजीनामा दिने तयारी गरेको स्थानीय मिडियाले जनाएका छन् ।
उनी लामो समयदेखि अल्सरेटिभ कोलाइटिस रोगबाट पीडित रहेको र पछिल्लो समय उनको स्वास्थ्य अवस्था जटिल बनेको समाचारमा बताइएको छ ।
६५ वर्षीय अबेले सरकारका लागि समस्या खडा गर्न नचाहेको एनएचकेले बताएको छ ।
यो हप्ता मात्र उनी लगातार सबैभन्दा लामो समय पदमा रहने जापानी प्रधानमन्त्री बनेका थिए । उनले सन् २०१२ देखि सत्तामा रहँदै आएका छन् ।
यसअघि पहिलो कार्यकालका दौरान उनले सन् २००७ मा प्रधानमन्त्री पदबाट यही रोगका कारण राजीनामा दिएका थिए । ठूलो आन्द्रामा हुने यो समस्याबाट अबे युवाअवस्थाबाट नै पीडित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १२ भदौ २०७७, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन