एजेन्सी । जापानी प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्य समस्याका कारण पदबाट राजीनामा दिने तयारी गरेको स्थानीय मिडियाले जनाएका छन् ।
उनी लामो समयदेखि अल्सरेटिभ कोलाइटिस रोगबाट पीडित रहेको र पछिल्लो समय उनको स्वास्थ्य अवस्था जटिल बनेको समाचारमा बताइएको छ ।
६५ वर्षीय अबेले सरकारका लागि समस्या खडा गर्न नचाहेको एनएचकेले बताएको छ ।
यो हप्ता मात्र उनी लगातार सबैभन्दा लामो समय पदमा रहने जापानी प्रधानमन्त्री बनेका थिए । उनले सन् २०१२ देखि सत्तामा रहँदै आएका छन् ।
यसअघि पहिलो कार्यकालका दौरान उनले सन् २००७ मा प्रधानमन्त्री पदबाट यही रोगका कारण राजीनामा दिएका थिए । ठूलो आन्द्रामा हुने यो समस्याबाट अबे युवाअवस्थाबाट नै पीडित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १२ भदौ २०७७, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
जापानमा बर्डफ्लूको प्रकोप, ५० हजार कुखुरा नष्ट !
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित
बहुमत गुमाएपनि जापानका प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने