मन्त्रीले नै दिएको पीसीआर मेसिन नक्कली परेपछि .....

सफल खबर संवाददाता

शुक्रबार, १२ भदौ २०७७, १० : २६
मन्त्रीले नै दिएको पीसीआर मेसिन नक्कली परेपछि .....

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना संक्रमणको आशंकामा रहेका ब्यक्तिहरुको स्वाव परिक्षण यो बेला कति महत्वको होला ? अझ त्यसमाथी नेपाल जस्तो मुलुकमा । शुरुमा कोरोना संक्रमित नेपालमा देखिदा नेपालसँग यसको परिक्षण गर्ने मेसिन सम्म पनि थिएन् । यसका किटहरु नहुँदा सरकारले हङकङ पठाएर यसको परिक्षण गर्नुपरेको थियो । तर पछिल्लो समय सरकारले यसको केही जोहो गरेपछि थोरबहुत नेपालमै परिक्षण हन थालेको छ । 

सरकारको पछिल्लो दाबीलाई आधार मान्ने हो भने अहिले २२ हजार सम्म दैनिक परिक्षण गर्न सक्ने अवस्थामा नेपाल छ । तर नेपालले अहिले १३, १४ हजारको संख्यामा दैनिक परिक्षण गरिरहेको छ । पिसिआर परिक्षण गर्न सर्वसाधारणलाई मुश्लिक पर्ने र परिक्षण गरिएका रिपोर्ट आउन पनि समय लाग्ने भएपछि मर्कामा परिरहेका सर्वसाधारणलाई यस्तो बेला पिसिआर परिक्षणको मेसिन आफ्नै गाँउ ठाँउमा आउँदा कति खुसी मिल्ला ? 

पीसीआर मेसिनका लागि दुई नगरपालिकाबाट ३० लाख र दश गाउँपालिकाबाट एक करोड गरी कुल एक करोड तीस लाख रुपैया संकलन गरेर मेसिन किनिएको थियो । तर पैसा जम्मा गरिएर मन्त्री ज्ञवालीलाई जिम्मा लगाएपनि मन्त्रीले नै नक्कली मेसिन आफ्नै गृहजिल्लामा पठाएपछि अहिले त्यहाँ मन्त्री ज्ञवालीको चर्काे आलोचना हुन थालेको छ ।

कोरोनाको भयावह अवस्थामा आफ्नै गाँउठाँउमा त्यसको परिक्षण गर्न पाउनु सर्वसाधारणलाई आहतमा थोरै भएपनि राहत नहुने कुरै भएन् । गुल्मीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हेलिकप्टरमा नै राखेर पिसिआर मेसिन लयाईदिएपछि सर्वसाधारणहरु गाँउठाँउमै कोभिड परिक्षण गर्न पाउने आशमा बसेका थिए । गत साउन ३ गते मन्त्री ज्ञवालीले हेलिकप्टरबाट पिसिआर मेसिन ल्याएर रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गरेका थिए ।  तर त्यो मेसिन महिना दिन पुग्दा सम्म काममा आउन सकेन् । 

नगरपालिकाले प्रयोग गर्न खोजेपनि त्यो पाटपूर्जा पूर्ण नभएको र मेसिनले काम नगर्ने पत्ता लागेपछि काठमाडौं नै फिर्ता ल्याइएको छ । मन्त्री ज्ञवालीले निक्कै तामझामका साथ मेसिन हेलिकप्टरमा लगेर नगरपालिकालाई हस्तान्तरण गरेका थिए । ज्ञवाली त्यहीका जनप्रतिनिधी पनि थिए । मन्त्रीले दिएको मेसिन प्रयोगमा नल्याएको भन्दै शुरुमा जनताले नगरपालिकाका मेयर डिल्लीराज भुसालप्रति आक्रोश पोखे ।

मेसिन कामविहिन बनाएर राखिएको भन्दै नगरपालिका प्रमुखसँग स्थानियको आक्रोश थियो । आफु प्रति सर्वसाधारण दिनदिनै खनिन थालेपछि भने उनले मन्त्रीले काम नलाग्ने मेसिन दिएकाले आफुले प्रयोगमा ल्याउन नसकेको जवाफ दिएका थिए ।  त्यसो त मन्त्री ज्ञवालीले दिएको मेसिन किन्नका लागि स्थानिय तहले पनि खर्च जुटाएका थिए ।

पीसीआर मेसिनका लागि दुई नगरपालिकाबाट ३० लाख र दश गाउँपालिकाबाट एक करोड गरी कुल एक करोड तीस लाख रुपैया संकलन गरेर मेसिन किनिएको थियो । तर पैसा जम्मा गरिएर मन्त्री ज्ञवालीलाई जिम्मा लगाएपनि मन्त्रीले नै नक्कली मेसिन आफ्नै गृहजिल्लामा पठाएपछि अहिले त्यहाँ मन्त्री ज्ञवालीको चर्काे आलोचना हुन थालेको छ । आफ्नो गृहजिल्लामै आलोचना बढ्न थालेपछि अहिले उक्त मेसिन मन्त्री ज्ञवालीले काठमाडौं झिकाएका छन् । ज्ञवालीका स्वकिय सचिव जंग नेपालीले सो मेसिन काठमाडौं ल्याएका छन् । 
 

प्रतिक्रिया दिनुहोस