क्यालिफोर्नियाको जंगलमा फैलिएको डढेलोलाई प्रमुख विपद घोषणा

तीव्र गतिमा चलेको हावाका कारण आगो नियन्त्रणमा लिन समस्या

एजेन्सी

आइतबार, ०७ भदौ २०७७, १२ : ०९
क्यालिफोर्नियाको जंगलमा फैलिएको डढेलोलाई प्रमुख विपद घोषणा

क्यालिफोर्नियाको जंगलमा फैलिएको डढेलो । तस्बिर : गेट्टी इमेज

एजेन्सी । मानव बस्तीलाई नै असर गर्ने गरी क्यालिफोर्नियाको जंगलमा फैलिएको डढेलोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमुख विपद घोषणा गरेका छन् ।

डढेलो नियन्त्रण तथा राहत र उद्धारका लागि केन्द्र सरकारबाट बजेट पनि निकासा गर्ने ट्रम्पले बताएका छन् । क्यालिफोर्नियाका विभिन्न ५ सय ८५ स्थानमा डढेलो फैलिएको छ ।

आगो नियन्त्रणमा लिनका लागि १४ हजारभन्दा बढी अग्निनियन्त्रक खटिएका छन् । तीव्र गतिमा चलेको हावाका कारण आगो नियन्त्रणमा लिन समस्या भएको छ ।

आगलागीका कारण अहिलेसम्म कम्तीमा ६ जनाको ज्यान गएको छ । हजारौँ मानिस बिस्थापित भएका छन् । डढेलोका कारण पहाडी तथा ग्रामीण क्षेत्रमा बढी प्रभाव परेको छ ।

प्रतिक्रिया दिनुहोस