विश्वकप छनोट : नेपाललाई ३८१ रनको लक्ष्य

आइतबार, २० फागुन २०७४, १७ : ०६
विश्वकप छनोट : नेपाललाई ३८१ रनको लक्ष्य

काठमाडौं एकदिवसीय विश्वकप छनौट अन्तरगत जिम्बावेविरुद्ध पहिलो खेलमा खराब शुरुवात गरेको नेपालले  ३८१ को लक्ष्य पाएको छ ।

५० ओभरको खेलमा जिम्बावेले ६ विकेटको क्षतिमा ३८० रन बनाएको छ । नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २-२ विकेट लिए । सन्दीप लामिछाने र ललित राजबंशीले एक-एक विकेट लिए । टस जितेर पहिलो ब्याटिङ गरिरहेको जिम्बावेका दुई ओपनर नेपाली बलरमाथि हावी भएका थिए ।

सन् २००९ बाट सुरु भएको विश्वकप छनोटमा कुनै पनि टोलीले पाएको सबैभन्दा ठूलो लक्ष्य हो । २००९ मा यूएईले डेनमार्कविरुद्ध ३८९ रन बनाएको थियो ।
यसअघि विश्वकप छनोटका लागि हुने प्रतियोगिताको नाम आईसीसी ट्रफी भनिन्थ्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनायो । उसका लागि ब्रेन्डन डेलर र सिकन्दर राजाले शतक हाने । घरेलु टोलीको सुरुवात राम्रो रहृयो । पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे ।

 

प्रतिक्रिया दिनुहोस