एपिएफलाई वर्षको पहिलो फुटबल उपाधि,थ्री स्टार पराजित

शनिबार, १९ फागुन २०७४, १८ : ३०
एपिएफलाई वर्षको पहिलो फुटबल उपाधि,थ्री स्टार पराजित

चितवन: नेपाल एपिएफ क्लबले विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । रूस्लान थ्री स्टार क्लबलाई शनिबार १-० ले हराउँदै एपिएफले वर्षको पहिलो उपाधि जितरको हो ।
विजय लामाले चौथो मिनेटमा गरेको गोल नै खेलको निर्णयाक बनेको थियो । विकु नै फाइनलको म्यान अफ दि म्याच घोषित भए ।उपाधिसहित एपिएफले ५ लाख र थ्री स्टारले २ लाख रूपैयाँ प्राप्त गर्यो ।

प्रतिक्रिया दिनुहोस