आजको मौसम : अधिकांश स्थानमा वर्षा हुने अनुमान

पत्रपत्रिकाबाट

बुधबार, २८ साउन २०७७, ०७ : ५८
आजको मौसम : अधिकांश स्थानमा वर्षा हुने अनुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले  बुधबार देशभरको मौसम सामान्यतया बदली भई धेरै स्थानमा पानी पर्ने जनाएको छ । मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ रहेको र मनसुनी गतिविधि सक्रिय भएकाले मौसम बदली भएको हो ।

मौसमविदले अहिले देशका अधिकांश भू–भागमा समान्यदेखि पूर्ण बदली रहेको जनाएको छ र सोही कारण सबै प्रदेशका थोरै–थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बुधबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं ५, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्।

यस्तै राति पनि देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाग्मती प्रदेश, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस