मकवानपुर जिल्लामा आवतजावतमा रोक

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०७७, १६ : ३०
मकवानपुर जिल्लामा आवतजावतमा रोक

हेटौंडा । मकवानपुर जिल्लामा साउन महिनाभर आवतजावतमा रोक लगाइएको छ । मकवानपुर जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मकवानपुर जिल्लामा आउन जान रोक लगाएको हो ।

प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको रोक लगाउने निर्णय गरेको हो ।
साउन ३२ गतेसम्म मकवानपुर जिल्लामा जान र आउन रोक लगाइएको हो । श्रमिक कामदार मकवानपुर आउन रोक लगाएको छ । सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई पनि अन्य जिल्लामा आवतजावत गर्न रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस