​क्रिश्चियन धर्मको प्रचारप्रसार गर्न नारायणगढमै बाईबल ‘कलेज’ संचालन

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०७७, १२ : ०३
​क्रिश्चियन धर्मको प्रचारप्रसार गर्न नारायणगढमै बाईबल ‘कलेज’ संचालन

--प्रकाश सिग्देल
चितवन । धर्म माथि प्रहार गरी नेपालमा धार्मीक सहिष्णुता खल्बलाउन  केही ( क्रिश्चियन) मिशनरीहरुले चितवनमा अबैध रुपमा आफ्ना धर्म स्थापित गराउन गतिविधिहरु गरिरहेको पाईएको छ । क्रिश्चियन धर्म प्रचारकहरुले पैसाको प्रलोभन देखाई यहा खुल्ला तथा भुमिगत रुपमा नेपालीहरुको धर्म र संस्कृति माथी प्रहार गरिरहेका छन् । अहिले यस्तै एउटा समुह सक्रिय भई नारायणगढको बा¥हघरेमा अनुमति बिनै बाईवल कलेज सन्चालन गरिरहेको पाईएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा संघ संस्था दर्ता ऐन अन्तर्गत दर्ता भएर ‘नेपाल मेथोडिष्ट मिशन नामक संस्था’ले बाईवल पढाउने गरी कलेज सन्चालन गरिरहेको खुलासा भएको छ । यसले देश भरीबाट चर्चले सिफारिस गरी पठाएका ब्याक्तिहरुलाई शुल्क लिएर प्राविधिक कोर्षको नाममा बाईबल कक्षा सन्चालन गरी पठनपाठन गराउदै आएको छ । कलेजले उक्त प्राविधिक कोर्ष पुरा गर्न पठनपाठनको नाममा ३ देखि ४ वर्षे कोर्ष नै बनाएर संचालन गरिरहेको छ । यहाँ अहिले ४५ जना बिद्यार्थीहरुले पठन पाठन गरिरहेका छन् ।

हाल कोरोनाको जोखिमका कारण कलेजले बिद्यार्थीहरुलाई घरबाटै अनलाईन कक्षा मार्फत पठनपाठन गराईरहेका छन् । कलेजका प्रिन्सिपल खगेन्द्र भेटवालले भने यो कलेज नभई सभा सेमिनारी सिकाउने ठाँउ भएको बताए । बिभिन्न चर्चले सिफारिस गरी पठाएका बिद्यार्थीलाई धर्मशास्त्र बाईवल अन्र्तगतको ६६ वटा पुस्तकको बारेमा ज्ञान दिने काम यहाँबाट हुने गरेको छ तर यो पठनपाठन गराउने कलेज नभइ सभा सेमिनारी गर्न सिकाउने ठाँउ भएको पिन्सिपल भेटवालको दाबी छ ।

नेपाल सरकारले बाईवल पढाउन कलेज सन्चालनका लागी अनुमति नदिने भएकाले संघसंस्था दर्ता ऐन अन्तर्गत रहेर स्कुल कलेज नभनी सभा सेमिनारी सिकाउने ठाँउका रुपमा यसलाई सन्चालन गरेको उनको दाबी छ । यहा भर्ना भएका बिद्यार्थीबाट केही रकम आफुहरुले शुल्क लिने र आफुहरुलाई चर्चबाट भेटी स्वरुप रकम आउने र त्यही रकमबाट पठन पाठन गराईरहेको उनले बताए । जिल्ला प्रशासन कार्यालयमा मुनाफा रहित संस्थाको रुपमा दर्ता गरी धर्म प्रचारका लागी कलेजनै सन्चालन गरी पठन पाठन गराउदा पनि सरोकार वाला निकाय जिल्ला प्रशासन कार्यालय चितवन भने मौन रहेकोे छ ।

यहाँ बिगत कैंयौं वर्ष देखी अनुमति बिनै पठनपाठन गराउदै अएपनि यसको बिषयमा सोधीखोजी अहिले सम्म कसैले गरेको देखिदैन् । यहाँ कोरियनको लगानीमा बनेको दुईतले भवनमा कलेज सन्चालन हुँदै आएको छ । नेपाल मेथोडिष्ट थियोलोजिकल सेमिनारीको नाम बाट यहाँ कलेज सन्चालन भएको छ । ‘मेथोडिष्ट थियोलोजिकल’लाई नेपालीमा उल्था गर्दा इश्वरतान्त्रिक विधिविद हुन्छ । यसलाई सहज रुपमा बुझने हो भने, यसलाई तान्त्रिक बिद्या सिकाईने ठाँउ रहेको बुझ्न सकिन्छ ।

यसरी क्रिष्चियनहरुले धर्मप्रचारका लागि मिशनकै रुपमा कलेज सन्चालन गर्दा पनि स्थानिय प्रशासनले यसको नियमनमा चासो दिएको पाईएको छैंन् । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र नारायण शर्माले यस कलेजबारे बुझ्न खोज्दा उनले सम्बन्धित निकायबाट स्वीकृति नलिई शिक्षा सम्बन्धि कक्षा चलाउन नपाईने बताए । उनले भने–‘यसबारे हामी बुझ्ने क्रममा छौं ।’ 

प्रतिक्रिया दिनुहोस