आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०७७, ०८ : ३०
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभरको मौसममा सामान्य बदली रही थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार उक्त स्थानहरुमामेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको हुनेछ ।

हाल मनसुनी न्युन चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ। देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

शुक्रबार राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । राति प्रदेश १, बागमती र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस