प्रदेश २ : कोरोना बढेपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बन्द

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, १८ : २३
प्रदेश २ : कोरोना बढेपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बन्द

जनकपुर । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव, सत्तारुढ जसपाका प्रदेशसभा सदस्य डा.रिना यादव र विभिन्न मन्त्रालयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएसंगै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कामकाज बन्द गरिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेशसभा सदस्य डा. रिना यादव, मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत कर्मचारीहरु कोरोना संक्रमित भएपछि सम्पूर्ण कामकाज बन्द गरि मन्त्रालय भित्र प्रवेश निषेध गरी सिल गरिएको छ ।

आन्तरिक मामिला मन्त्रालयमा बुधबार ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि सामाजिक विकास मन्त्रालयमा ४ र मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिए लगत्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सतर्कता र सुरक्षा अपनाउन मन्त्रालयहरुको कामकाज बन्द गरिएको जनाइएको छ ।