मन्त्रिपरिषद् बैठकको निर्णय : रुग्ण उद्योगको पुर्नउत्थान गर्न कार्यदल गठन

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, १८ : १६
मन्त्रिपरिषद् बैठकको निर्णय : रुग्ण उद्योगको पुर्नउत्थान गर्न कार्यदल गठन

काठमाडौं । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रुग्ण उद्योगको पहिचान, वर्गिकरण, पुर्नउत्थान, पुनर्निमाण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिन समिति गठनको निर्णय गरेको छ । 

समितिको संयोजकमा पूर्व सचिव दिपक सुवेदी रहनु भएको छ । यस्तै सरकारले ट्रंक लाइन सम्बन्धमा उद्योगी व्यवसायी र विद्युत प्राधिकरणबीच देखिएको विवाद समाधानका लागि उर्जामन्त्रालय सचिवको संयोजकत्वमा गठन भएको समितिले दिएको सुझाव कार्यान्वयन गर्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै नेपाल र भारतबीच सन् २००८ अगष्ट ६ मा भएको साना विकास आयोजना सञ्चालन सम्बिन्ध सम्झौताको म्याद सन् २०२३ अगष्ट ५ सम्म थप गर्ने निर्णय पनि सरकारले गरेको छ । सरकारले बेरुजु फछ्र्यौट मूल्याङ्कन र अनुगमन समितिको सदस्य सचिवमा रमा जोशी दुलालको कार्यकाल दुई वर्षका लागि थप गरेको छ । यसैगरी सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको नम्र्स स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस