डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–६ मा ८ वर्षीय बालकको हत्या गरेको घटनामा जिल्ला अदालतले १० जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले उनीहरुलाई थुनामा राख्न आदेश दिएको हो ।
सरकारी पक्षबाट थुनछेक बहस प्रकाश भण्डारीले गर्नुभएको थियो भने प्रतिवादीका तर्फबाट बहस अधिवक्ताद्वय विष्णु भट्ट र हरिप्रसाद भट्टले गर्नुभएको थियो । पक्राउ परेका १३ मध्ये तीन नाबालकलाई भने आवश्यक परेको बेला उपस्थिति हुने गरी उनीहरुको अभिभावकको जिम्मा लगाएको छ ।
बालक हत्याको आरोपमा ५५ वर्षीय नीरबहादुर ओली, ३३ वर्षीय हरिकृष्ण भाट, ४८ वर्षीया पम्फा ओली, २९ वर्षीया अमृता ओली, ४८ वर्षीय कलु खड्का, ३० वर्षीया रिमा ओली, ३१ वर्षीया पवित्रा ओली, ३० वर्षीय टीकाराम ओली र अन्य दुई जनालाई थुनामा राखिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ साउन २०७७, १७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्घाखाँचीमा श्रीमतीद्वारा श्रीमानको हत्या
भारतमा नेपाली महिलाको विभत्स हत्या, एक पक्राउ
बुटवलमा एकै परिवारका तीन जनाको हत्या
युक्रेनका पूर्व शीर्ष अधिकारीको स्पेनमा गोली हानी हत्या
चितवनमा बाबुद्वारा धारिलो हतियार प्रहार गरी छोरी र भतिजको हत्या
बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ