आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, ०७ : ५८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।  मौसमविदहरुका अनुसार मनसुनी न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेकाले केही कमजोर जस्तो भए पनि मनसुनी गतिविधि सक्रिय नै रहेको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ । गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताए ।

प्रतिक्रिया दिनुहोस