प्रदेश २ सरकारले  ५ सय बेडको आइसोलेसन थप्ने

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०७७, १८ : १४
प्रदेश २ सरकारले  ५ सय बेडको आइसोलेसन थप्ने

जनकपुरधाम । कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएपछि प्रदेश २ सरकारले ५ सय बेडको आइसोलेसन थप्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि प्रदेश सरकारले मंगलबार सर्वपक्षीय बैठकको आयोजना गरेको थियो । बैठकमा सहभागीहरुले तत्काल आइसोलेसन बेड बढाउनुपर्ने सुझाब दिएका थिए । सोही सुझाबका आधारमा तत्कालै ५ सय बेडको आइसोलेसन निर्माण गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।

आवश्यक्ता भएको ठाउँको पहिचान गरी आइसोलेसन बेड थप्ने निर्णय भएको मुख्यमन्त्रीको सचवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस