आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०७७, ०७ : ५०
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभरको मौसममा सामान्य बदली भई केही स्थानमा पानी पर्ने जनाएको छ । महाशाखाका अनुसार प्रदेश नम्बर १, २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

मौसमविदहरुले मंगलबार राति पनि देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  बताएका छन् ।

मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरुमा मंगलबार राति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस