सूनको मूल्य स्थिर, तोलाको एक लाख रुपैयाँ पुग्न बाँकी

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०७७, ११ : ३२
सूनको मूल्य स्थिर, तोलाको एक लाख रुपैयाँ पुग्न बाँकी

काठमाडौं । लगातार बढ्दो क्रममा रहेको सुनको मूल्यमा सोमबार ब्रेक लागेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आइतबार तोलामा ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

तेजावी सुन ९९ हजार १६० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी पनि आइतबारकै मूल्य १२३० मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस