काठमाडाैँ । गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् ।
कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका र एक जनाको उद्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । पहिरो आज विहान २ बजे गएको थियो । निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ साउन २०७७, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
मेलम्ची खानेपानी वितरण बन्द
बागमती नदीमा छाडियो मेलम्चीको पानी