काठमाडौँ । नेपालमा पहिलोपटक कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गरिएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार गरिएको हो ।
विराटनगरका ६० वर्षीय कोरोना संक्रमित पुरूषको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको अस्पतालले जनाएको छ । प्लाज्मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका संक्रमितको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिन्छ तर यो थेरापी अन्य देशहरूले पनि गर्दै आएको छ ।
अहिले संक्रमितमा धेरै सुधार पनि देखिएको छ। गत साउन १० गते संक्रमित पुरूष अस्पताल भर्ना हुँदा उनमा निमोनियाको समस्या थियो। उनलाई आइसियूमा राखेर उपचार गरिराखिएको थियो। पछि उनलाई भेन्टिलेटरमा राख्नुपर्ने स्थिति पनि आएको थियो ।
गत बिहीबार भने निको भएका व्यक्तिको प्लाज्मा संक्रमित पुरूषलाई दिएपछि उल्लेख्य सुधार आएको छ। टिचिङमा उपचाररत् कोरोना संक्रमितलाई प्लाज्मा दिने पनि युवक नै हुन्। उनको परिचय भने अस्पतालले गोप्य राखेको छ।
यो विधिबाट बेलायत, भारतलगायतका मुलुकहरुमा कोरोना भाइरस ९कोभिड–१९० का बिरमीको उपचारको प्रयास गरिएको थियो । उक्त उपचारको प्रयासमा केही सकारात्मक नतिजा आएको भए पनि यसले उत्साहजनक नतिजा भने दिन सकेको छैन ।
यो विधिले बिरामीलाई छिटो निको पार्न सहयोगी भूमिका मात्र निर्वाह गर्ने विशेषज्ञहरूले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ साउन २०७७, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि