विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या छ लाख ८९ हजार ७० पुग्यो

सफल खबर संवाददाता

आइतबार, १८ साउन २०७७, १४ : ४६
विश्वभर कोरोनाबाट मृत्यु हुनेको  संख्या छ लाख ८९ हजार ७० पुग्यो

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट आइतबार दिउँसोसम्म विश्वभर कुल मृतकको संख्या छ लाख ८९ हजार ७० पुगेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ ।  

विश्वमा कुल सङ्क्रमितको संख्या पनि एक करोड ८० लाख ३३ हजार २७९ पुगेको छ ।  सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित हुने देशमा ब्राजिल रहेको छ । 

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ४७ लाख ६४ हजार ५२२ पुगेको छ । अमेरिकामा कुल मृतकको संख्या एक लाख ५७ हजार ९०१ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।