काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले व्यापारिक स्वार्थका कारण पशुपति क्षेत्रमा भइरहेको अतिक्रमण स्वीकार्न नसकिने बताएका छन् ।
पशुपति वरपरका स्थानीयहरूले पशुपति क्षेत्र विकास कोषले ल्याएको गुरूयोजनाको विरोध गरिरहेका बेला मन्त्री भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको अतिक्रमणलाई स्वीकार्न नसकिने बताए ।
‘पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्वर्द्धन गरिनेछ। स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ”, मन्त्री भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई भने स्वीकार गरिने छैन। कुरा यही हो। सरकारले सबैसँग छलफल गरेर सहमति बनाउनेछ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ साउन २०७७, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेवा खोलामा निर्माणाधीन बेलिब्रिजको बाँकी काम पूरा गर्न सांसद भट्टराईको माग
'संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ' : योगेश भट्टराई
भैरहवा एयरपोर्ट छानबिन समितिमा बस्दिनँ’: योगेश भट्टराई
पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई
कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको बिर्सन हुँदैन : योगेश भट्टराई
संघीय संसदबाट अध्यादेश पारित हुन्छ : योगेश भट्टराई