काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले व्यापारिक स्वार्थका कारण पशुपति क्षेत्रमा भइरहेको अतिक्रमण स्वीकार्न नसकिने बताएका छन् ।
पशुपति वरपरका स्थानीयहरूले पशुपति क्षेत्र विकास कोषले ल्याएको गुरूयोजनाको विरोध गरिरहेका बेला मन्त्री भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको अतिक्रमणलाई स्वीकार्न नसकिने बताए ।
‘पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्वर्द्धन गरिनेछ। स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ”, मन्त्री भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई भने स्वीकार गरिने छैन। कुरा यही हो। सरकारले सबैसँग छलफल गरेर सहमति बनाउनेछ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ साउन २०७७, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई