काठमाडौं । अनुदानको लोभले जस्तो पायो उस्तै वस्तु खरिद गर्दा परिणाम खराब निस्कन्छ भन्ने पछिल्लो उदाहरण नेपाल वायुसेवा निगमका चिनियाँ जहाज बनेका छन्। चीन सरकारले ४ वटा जहाज खरिद गरेमा दुइटा अनुदानमा दिने भनेपछि खरिद गरिएका जहाज निगमले अन्ततः २ अर्ब रुपैयाँ घाटा बेहोरेर बिक्री गर्ने निर्णय गरेको छ। निगमले ती जहाजको उडान स्थगन गरी बिक्री प्रक्रियामा जाने निर्णय लिएको छ।
निगमले सन् २०१४ र १५ मा एभिएसन इन्डस्ट्रिज कर्पोरेसन चाइनासँग ४ वटा विमान पौने चार अर्ब रुपैयाँमा खरिद गरेको थियो। निगमले लगानी गरेको पौने चार अर्ब पनि सहुलियतपूर्ण कर्जाअन्तर्गत थियो। निगम बोर्डका एक सदस्यका अनुसार चिनियाँ जहाज ल्याएपछि राम्रोसँग उडाउनै सकिएन। कहिले पाइलट अभाव, कहिले मर्मत–संभार त कहिले पार्टपुर्जा अभाव जस्ता कारणले ती जहाज कुनै पनि बेला पूर्ण रुपमा उडाउन सकिएन। ६ वटै जहाजर एकैपटक उडाउन सकिएन। जसले गर्दा नाफा कमाउनुको साटो निगमले सधैं घाटा बेहोर्नुप(यो।
ती जहाजबाट निगमले २ अर्ब रुपैयाँ घाटा खाएको छ। नाफा कमाउन किनिएका चिनियाँ जहाज बोझ बन्दै गएपछि अन्ततः साउन १५ देखि उडान स्थगन गर्ने निर्णय निगमले गरेको छ। निगम प्रवक्ता अर्चना खड्काले गत असार १६ मा सञ्चालक समिति बैठकले साउन १५ देखि चिनियाँ जहाजको उडान बन्द गर्ने निर्णय गरेको हो। ‘ती चिनियाँ जहाजबाट अहिलेसम्म २ अर्ब रुपैयाँ हाराहारीमा घाटा बेहोर्नुपरेको छ,’ प्रवक्ता खड्काले आइतबार भनिन्, ‘त्यसैले अब ती जहाजको उडान बन्द गर्ने निर्णय गरिएको हो।’
खड्काले चीनबाट किनिएका ती जहाजको उडान स्थगन र बिक्री गर्ने प्रस्तावसहित संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा पत्राचार गरिएको जानकारी पनि दिइन्। ‘चिनियाँ जहाज अझै सञ्चालनमा रहे निगम वित्तीय रुपमा झनै समस्यामा पर्छ भन्ने सञ्चालक समितिको निर्णय रह्यो,’ उनले भनिन्। थप खबर नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०५ साउन २०७७, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँका लागि उडेको श्री एयरको जहाज पुनः विराटनगर अवतरण
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको जहाज
समिट एयरको जहाजमा समस्या, लुक्ला जाँदाजाँदै काठमाडौं फर्कियो
१० घन्टामा सबै ट्वाइलेट जाम भएपछि उडान भरेकै विमानस्थलमा फर्काइयो जहाज
१० नेपालीलाई लिएर अमेरिकी जहाज आज काठमाडौं आउँदै
साउदीमा थन्किएको निगमको जहाज ८७ यात्रुसहित काठमाडौं आयो