कोरोना संक्रमित सम्पर्कविहीन

पत्रपत्रिकाबाट

सोमबार, ०५ साउन २०७७, ०८ : ०२
कोरोना संक्रमित सम्पर्कविहीन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २३ गते भक्तपुरका चार जनासहित काठमाडौं उपत्यकामा २८ जनामा संक्रमण देखिएको विवरण सार्वजनिक गर्‍यो । भक्तपुरका संक्रमितमध्ये भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका गठ्ठाघरका एक–एक जना र सूर्यविनायक नगरपालिका बालकोटका दुई जना थिए ।

अरूलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले आइसोलेसनमा पठाए पनि गठ्ठाघरकी महिला सम्पर्कमा आइनन् । ईडीसीडीको कन्ट्रोल रुमका अनुसार उनी ‘सम्पर्कविहीन संक्रमित’ हुन् ।

गठ्ठाघरमा एक महिला संक्रमित रहेको जानकारी आए पनि पत्ता लगाउन नसकेको मध्यपुर थिमि नगरपालिका–३ का वडाध्यक्ष प्रेम कुटुले बताए । ‘संक्रमितको नाम, थर र उमेरका आधारमा खोजी गर्‍यौं, तर भेट्न सकेनौं,’ उनले भने । ती महिलाले पाटन अस्पतालमा स्वाब दिएकी थिइन् । फारममा फोन नम्बर नलेखेकाले उनलाई सम्पर्कमा ल्याउन नसकिएको ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले बताए ।

असार २३ गते नै संक्रमण पुष्टि भएका काठमाडौं गल्फुटारका एक पुरुष पनि सम्पर्कविहीन छन् । फोन नम्बर नभएका कारण उनीबारे थप विवरण संकलन हुन सकेको छैन । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस