ओलीसँग दाहालले भने– मंसिरमा महाधिवेशन गर्नेमा म सहमत छैन

पत्रपत्रिकाबाट

सोमबार, ०५ साउन २०७७, ०६ : ५८
ओलीसँग दाहालले भने– मंसिरमा महाधिवेशन गर्नेमा म सहमत छैन

काठमाडौँ । दिनभर आफू निकट सचिवालय र स्थायी कमिटी सदस्यलाई मंसिरमा महाधिवेशन सम्भव नभएको बताएका नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पनि सोही धारणा दोर्‍याएका छन् । खुमलटारमा सचिवालयका तीन नेतासहित स्थायी कमिटीका केही सदस्यहरुसँगको भेट सकाएपछि दाहाल आइतबार नै ४ बजेपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका थिए ।

भेटमा ओलीसँग दाहालले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव आफूलाई स्वीकार्य नभएको बताएका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीसँग करिब ३ घन्टाको छलफलमा दाहालले मंसिरमा महाधिवेशन गर्न असम्भव भएकोसमेत बताएका छन् ।

उनले अब सबै विषय स्थायी कमिटी बैठकमा नै छलफल गरेर जानुपर्ने पनि बताएका छन् । बालुवाटारबाट फर्केपछि दाहालले आफू निकट नेताहरुलाई प्रधानमन्त्रीसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस