मानवीय क्षतिप्रति मेलम्ची आयोजना मर्माहत

रासस

आइतबार, ०४ साउन २०७७, २० : ३३
मानवीय क्षतिप्रति मेलम्ची आयोजना मर्माहत

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले सुरुङ र अस्थायी बाँधको निर्माण कार्य परीक्षणका क्रममा भएको दुघर्टनाबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

आयोजनाले  गत असार ३० गते मध्याह्नमा १७ नम्बर गेट खुल्दा प्रवाह भएको पानीले आयोजनाका निर्माण व्यवसायी सिनो हाइड्रो कर्पोरेशनमा कार्यरत इञ्जिनीयर सतीसकुमार गोइत र सवारी चालक राधाकृष्ण थापा मगरलाई बगाई मेलम्ची नदीमा बेपत्ता हुनुभएको जनाएको छ । 

खोज तथा उद्धारका क्रममा इञ्जिनीयर गोइतको शव प्राप्त भए तापनि चालक थापामगर अझैसम्म बेपत्ता हुनुहुन्छ । सुरक्षाका सबै उपायको अवलम्बन गर्दागर्दै हुन गएको दुर्घटनामा मानवीय क्षति भएकामा मेलम्ची खानेपानी आयोजना स्तब्ध भएको जनाएको छ । 

बेपत्ता सवारी चालक थापामगरको खोजीकार्य सुरक्षा निकाय र परिवारका सदस्यद्वारा जारी राखिएको छ । आयोजनाले मानवीय हताहतिको यस दुःखद् घटनालाई गम्भीररुपमा लिएको छ । आयोजनाले स्व इञ्जिनीयर गोइतको मृत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । आयोजनाले मृतक तथा बेपत्ताका हकवालाले पाउने बीमालगायतका सुविधाका लागि आयोजनाले प्रक्रिया अघि बढाउन निर्माण व्यवसायीलाई निर्देशन गरिसकेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस