विराटनगर । मोरङको बेलबारी(६ मा अनौठो प्रजातिको माछा भेटिएको छ । बेलबारीको सोमबारे र बनौलबीच नहरको पानीमा स्थानीयले पहिचान गर्न नसक्ने प्रजातिको माछा भेटिएको हो । सुनसरी–मोरङ सिँचाइ आयोजनाको यो नहरमा बुधबार दुईवटा माछा फेला परेका थिए ।
स्थानीय टेकनाथ शर्माले नयाँ जातको माछा भेटिएपछि त्यसको विषयमा जानकारी लिन चाहेर माछालाई सुरक्षित राख्नुभएको हो । बेलबारी नगरपालिका उपप्रमुख ढाकाकुमारी पराजुलीले अहिलेसम्म कसैले पहिचान गर्न नसकेको माछा भेटिएकोले त्यसको प्रमाणित गर्न चाहेको बताउनुभयो । उहाँले जीवशास्त्रीमार्फत पहिचान गर्ने तयारी भइरहेको बताउनुभयो ।
नयाँ प्रजातिको माछा भेटिएपछि धेरैलाई चासो भइरहेको छ । प्राणीशास्त्री एवम् वातावरण क्षेत्रका जानकार रामचन्द्र अधिकारीले हारा प्रजातिको माछा हुनसक्ने बताउनुभयो । उहाँले फिल्डमै पुगेर माछाको अनवलोकन नगर्दासम्म यकिन हुन नसक्ने बताउनुभएको छ ।
नेपालका लागि यो नयाँ प्रजाति मानिए पनि भारत र चीनमा पाइने प्रजातिमा पर्ने अधिकारीको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०३ साउन २०७७, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शनिश्चरे तालमा १६ हजार माछाका भुरा हालियो
अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा
चितवनमा माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु
माछा मार्ने क्रममा एक युवकको नदीमा डुबेर मृत्यु
मधेशमा माछा र दूधको उत्पादन बढ्यो
व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी