काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मन्दीतर्फ अग्रसर चिनियाँ अर्थतन्त्रमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । चीनको अर्थतन्त्रमा यो वर्षको दोस्रो त्रैमासिकमा ३.२ प्रतिशतले वृद्धि भएको हो ।
देशव्यापी रूपमा लकडाउनका कडा नियमहरू लागू गरेका कारण चीनको अर्थतन्त्रमा अघिल्लो तीन महिनामा व्यापक संकुचन आएको थियो । भाइरसको संक्रमण विस्तार भएसँगै गरिएका लकडाउनका कारण संसारको दोस्रो ठूलो अर्थतन्त्र सन् २०२० को पहिलो त्रैमासिकमा ६.८ प्रतिशतले ओरालो लागेको थियो ।
अनपेक्षित रूपमा निकै चाँडो भाइरस नियन्त्रण गर्न सफल भएको चीनको पछिल्ला तीन महिनामा अर्थतन्त्रमा व्यापक सुधार आएको अधिकारीहरूले बताएका हुन् । कान्तिपुरले यो खबर छापेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०२ साउन २०७७, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु