मेलम्ची । मेलम्चीको पानी सुन्दरीजलसम्म पुर्याउन असार २१ गते सुरुङ परीक्षण थालियो। स्थानीय जनप्रतिनिधि, सरोकारवाला कसैलाई जानकारी नदिई कार्यक्रम गरियो। उता काठमाडौंमा खानेपानीमन्त्री बिना मगरले पत्रकार सम्मेलन गरी मेलम्ची अब काठमाडौंवासीको सपना नरहेर विपनामा परिणत भएको उद्घोष गरिन्। तर, त्यसको एक सातामै सुरुङको गेट फुटेर मानवीय भयो।
वर्षौं लगाएर बनाएको यति ठूलो परियोजनाको यो हालत कसरी भयो ? प्राविधिकहरू भन्छन्, ‘कारण हो– गुणस्तरहीन काम।’ अस्थायी बाँध बनाएर वर्षात्को समयमा सुरुङ परीक्षण गर्दा पानीको बहाव बढी भई सुरुङ चुहावट भएको प्राविधिक बताउँछन्। आयोजनाले भने सुरुङ के कारणले फुटेको भनेर आधिकारिक कारण दिएको छैन। आयोजनामा काम गरिसकेका एक प्राविधिक भने हतारमा भएको गुणस्तरहीन काम नै प्रमुख कारक रहेको दाबी गर्छन्।
आयोजनाका एक इन्जिनियरका अनुसार जम्मा ४ किलोमिटरको प्रेसर थेग्न नसकेको गेटमा पूरै २६ किलोमिटर पानी पठाएको भए दुर्घटना अझ भयावह हुन सक्थ्यो। ‘४ किलोमिटरमा पठाएको पानी फर्किंदा भएको दुर्घटना हेर्दा पूरै परीक्षण गर्ने क्रममा दुर्घटना भएको भए अवस्था अझ गम्भीर हुन्थ्यो’, उनी भन्छन्, ‘सुन्दरीजलबाट पानी फर्किंदा आयोजनाको मुहान तलका धेरै बस्ती जोखिममा पर्थे।’
थोरै क्षेत्रमै दुर्घटना भएकाले धेरै जनधनको क्षति हुने अवस्थाबाट भने जोगिएको उनको तर्क छ। ‘मेलम्चीपछि कार्यान्वयनमा आउने दोस्रो र तेस्रो चरणको यांग्री र लार्केको गरी दैनिक ५१ करोड लिटर पानी लैजान निर्माण गरेको सुरुङ पहिलो चरणको १७ करोड लिटरको परीक्षणमै पड्कियो’, ती प्राविधिक व्यंग्य गर्छन्, ‘तपाईं आफैं भन्नुस्, मेलम्ची आयोजनाको काम कति गुणस्तरीय भएको रहेछ ? ’ अन्नपूर्ण पोस्टमामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०२ साउन २०७७, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा मेलम्चीको पानी पुनः वितरण सुरु, धाराको पानी खाएर प्रधानमन्त्रीले गरे शुभारम्भ
मेलम्ची खानेपानी मर्मतको काम अन्तिम चरणमा
मेलम्चीको पानी हामीले कहिले खान पाउने भन्दै नेविसंघको प्रदर्शन
२८ दिनभित्र मेलम्चीको पानी पुन: काठमाडौं ल्याउने समितिको दाबी
मेलम्ची नदीमा आएको बाढीले बगायो अस्थायी पुल र सडक
मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल