महोत्तरी । लगातारको झरी वर्षाले वाक्कदिक्क भएका महोत्तरीवासी बल्ल सामान्य जीवनमा फर्कँदैछन् । पछिल्ला छ दिनदेखिको मुसलधारे वर्षापछि मौसम सफा भएसँगै बल्ल सामान्य हुन थालेका हुन् ।
गत बुधबारयता छ दिनको लगातारको मुसलधारे वर्षाले जताततै जलमग्न बनाएपछि डुबान र कटानले घरखेत बगाउने त्रास छाएको थियो ।
“बल्ल दुई दिनदेखि उघ्रेको छ, हामी त घरमै कुँजिएका थियौँ”, पानीले ढाकेको घरआँगन देखाउँदै जलेश्वर नगरपालिका–१ का सुधिर साहले भने, “बर्खा हो कतिखेर फेरि भेल उर्लने हो पत्तै हुँदैन ।”
चारैतिर पानीले डम्म ढाकिएको हुँदा नदीमा आउने बाढीबारे पत्तै नपाई घर बग्ने गरेको जलेश्वरवासी बताउँछन् । जिल्लाको उत्तरी क्षेत्रमा कटान र मध्य एवं दक्षिणी क्षेत्रमा पछिल्लो वर्षासँगैको बाढीले कटान र डुबान गराउँदा खेतीपाती र सडक संरचनामा निकै क्षति भएको छ ।
पछिल्लोपटक मौसममा सुधार हुनासाथ करिब एकसाता घरमै कुँजिएका महोत्तरीवासीलाई सोमबारयता घाम लागेपछि बल्ल बाहिरी काममा लाग्ने अनुकूलता भएको छ । तीन दिनको चर्को घामले अब डुबानको पानी क्रमशः घट्दै गएको डुबान क्षेत्रका सर्वसाधारण बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०१ साउन २०७७, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा वर्षाको सम्भावना