भुक्तानी सम्बन्धी काम गर्ने गैरबैंकिङ संस्थाको लाइसेन्स बन्द गर्ने तयारी

पत्रपत्रिकाबाट

विहीबार, ०१ साउन २०७७, ०७ : ५१
भुक्तानी सम्बन्धी काम गर्ने गैरबैंकिङ संस्थाको लाइसेन्स बन्द गर्ने तयारी

काठमाडौं । नेपाल क्लियरिङ हाउस, ई–सेवा, आईएमई पे जस्ता भुक्तानीसम्बन्धी काम गर्ने गैरबैंकिङ संस्थाको लाइसेन्स बन्द गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।

 भुक्तानीसम्बन्धी काम गर्नकै लागि झन्डै दुई दर्जन संस्थाले अनुमति पाइसकेको र थप केही प्रक्रियामा रहेकाले नयाँ लाइसेन्स बन्द गर्न लागिएको स्रोतले बताएको छ । ‘भुक्तानी सेवा प्रदायक र सञ्चालनका लागि लाइसेन्स बाँडेर मात्र भएन,’ स्रोतले भन्यो, ‘अब सेवाको विस्तार गुणस्तरमा जोड दिनुपर्‍यो भन्ने हो ।’

नगद कारोबारलाई निरुत्साहित गर्ने राज्यको नीतिअनुरूप केही वर्षयता राष्ट्र बैंकले पनि विद्युतीय कारोबारलाई प्रोत्साहन गरिरहेको छ । यसका लागि छुट्टै भुक्तानी विभाग स्थापना गरी उक्त क्षेत्रको विकास तथा विस्तारमा राष्ट्र बैंक लागेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस