कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न जनशक्ति खोई ?

पत्रपत्रिकाबाट

मंगलबार, ३० असार २०७७, ०८ : १४
कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न जनशक्ति खोई ?

प्रतिकात्मक फोटो

काठमाडौं । सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक पर्ने शिक्षकको तयारीका विषयले प्राथमिकता पाउन सकेको छैन ।

नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा अनिवार्य विषय थप गरिए पनि त्यसको अध्यापनका लागि आवश्यक पर्ने हजारौँ जनशक्तिका बारेमा तयारी गर्न बाँकी रहेको पाइएको छ ।

नयाँ पाठ्यक्रम अध्यापनका लागि विद्यालयमा स्नातकोत्तर तह उत्तीर्ण शिक्षक चाहिन्छ । हाल स्नातक तहको जनशक्तिले कक्षा १० सम्म अध्यापन गराउँदै आएका छन् । माथिल्लो कक्षामा पढाउन माथिल्लो शैक्षिक योग्यता भएको जनशक्ति चाहिने भएकाले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने सम्बद्ध व्यक्तिहरूले औँल्याएका छन् । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस