भारतको बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा : गृहमन्त्री थापा

सफल खबर संवाददाता

सोमबार, २९ असार २०७७, १६ : ४३
भारतको बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले भारतले बनाएको बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था  तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले भारतले नेपाललाई असर पुग्नेगरी बाँध बनाउनु एक किसिमको हस्तक्षेप भएको बताए । 

उनले भने, ‘भारतले एकतर्फी रुपमा बाँध बनाएको छ । बाँध बनाएपछि त्यसको निकास पनि दिनुपर्छ, उनीहरुले आफ्नो हितमा रहेर बाँध बनाएका छन् ।’ गृहमन्त्री रामबहादुर थापा बादलले बाढीपहिरो र डुबान रोक्नका लागि सरकारले उपयुक्त नीति योजना बनाउन आवश्यक रहेको बताए । 

मन्त्री थापाले सरकारले निरन्तर पहल गरेपनि समस्या समाधानमा सार्थकता नदेखिएको बताए । भारतीय प्रधानमन्त्री नेपाल आएका बेला कार्यदल बनाए पनि उनीहरूले त्यसको कार्यान्वयन नगरेको उनको भनाइ छ । 
उनले नेपालको डुबान रोक्न भारतले निकास दिन आवश्यक रहेको बताए । 

प्रतिक्रिया दिनुहोस